प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण
onlinekhabar.com · Tue Jun 30 13:16:24 GMT 2026

१६ असार, काठमाडौं । प्रभु बैंकले त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।
शिक्षामा प्रविधिको पहँुच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ । यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)