‘डिएनए’ नमूना संकलनपछि देवघाटमा २८० शवको व्यवस्थापन
rajdhanidaily.com · Tue Sep 01 02:52:26 GMT 2026

नारायणगढ (चितवन ) । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही १० भदौको रातिदेखि नै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही ११ भदौ बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)