मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
rajdhanidaily.com · Tue Sep 01 02:52:38 GMT 2026
अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्याएपछि लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले भने, ‘यो एउटा यस्तो निर्णय थियो जसले मेरो आत्माको गहिराइसम्मै चोट पुर्यायो र अझै पनि पुर्याइरहेको छ ।’
उनले भने, ‘तर मलाई लाग्छ कि यो सही समय हो,’ ३९ वर्षीय मेसीले इन्स्टाग्राममा लेखे, ‘म कसम खाएर भन्छु, मैले सधैँ आफ्नो सर्वस्व दिएको छु, केवल ती केही वर्षहरूमा मात्र होइन जब हामीले सबै उपाधि जित्यौँ, बरु त्यसअघि पनि मैले सधैँ सङ्घर्ष गरेँ र यो जर्सीका लागि आफ्नो सबै शक्ति लगाएँ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)