तीन दशकपछि सुल्झियो टुपाक हत्या प्रकरण, तर गोली चलाउनेबारे अझै अन्योल
barnanmedia.com · Tue Sep 01 02:43:25 GMT 2026

हत्या भएको झण्डै ३० वर्षपछि अन्ततः अदालतले ६३ वर्षीय पूर्व ‘ग्याङ–स्टार’ डवेन ‘केफी डी’ डेभिसलाई अमेरिकी र्याप सङ्गीतका प्रभावशाली कलाकारमध्ये एक टुपाक सकुरको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
नेभाडाको लस भेगासस्थित अदालतमा १२ सदस्यीय जुरीले करिब तीन घण्टा विचार–विमर्श गरेपछि सोमबार सर्वसम्मत रूपमा डेभिसलाई घातक हतियार प्रयोग गरी हत्यामा प्रत्यक्ष संलग्न रहेको दोषी ठहर गरेको हो । डेभिसले आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । फैसला सुनाइएपछि उनले यसविरुद्ध पुनरावेदन गर्ने संकेतसमेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)