स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
ratopati.com · Tue Jun 30 13:28:48 GMT 2026

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । बीमा बोर्डको अध्यक्षका लागि सुवास पोखरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदीको उम्मेदवारी परेको हो ।
यसअघि स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्रबहादुर थापा थिए । हाल बोर्ड अध्यक्ष विहीन छ । बोर्डको कार्यकारी निर्देशकमा सकुन्तला प्रजापति छन् । सरकारले ल्याएको अध्यादेशसँगै बोर्ड पदाधिकारी विहीन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)