पुनर्निर्माणमा मात्र सीमित नभई अब विकासकै ढाँचा फेर्ने बेला आएको छ : मन्त्री गौतम
nepalviews.com · Tue Sep 01 03:04:51 GMT 2026

काठमाडौँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जलवायु संकट र लगातारका विपद्बाट हुने क्षति न्यूनीकरण गर्न अब विपद्पछिको पुनर्निर्माणमा मात्र सीमित नभई नेपालको विकासकै समग्र ढाँचा फेर्नुपर्ने बेला आएको बताएकी छन्।
उनले पछिल्लो १२/१३ वर्षयता नेपालले एकपछि अर्को गर्दै लगातार ठूला प्राकृतिक विपद्को सामना गरिरहेको बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ को महाभूकम्प, तातोपानी-भोटेकोशी बाढी, मेलम्ची-इन्द्रावतीको विनाशकारी बाढी, जाजरकोट भूकम्प, सोलुखुम्बुको थामे र भर्खरै रसुवामा आएको बाढीले मुलुकलाई ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)