निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो सडक
gorkhapatraonline.com · Tue Jun 09 03:53:38 GMT 2026

पूर्वी नवलपरासीको गैँडाकोटदेखि पाल्पाको राम्दी हुँदै कोरोला जोड्ने राष्ट्रिय गौरवको आयोजनाको ९५ प्रतिशत काम पूर्ण भएपछि सडक सरकारलाई हस्तान्तरण भएको दुई वर्ष मात्र हुन लागेको छ । सडक निर्माणको काम पूर्ण रूपमा नसकिँदै सडक भत्कन थालेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरको १३२ किलोमिटर सडक निर्माण कार्य सुरु भएको सात वर्षमा सम्पन्न भएको हो । सडकका धेरै ठाउँमा कालोपत्रे भत्किएको छ भने कतिपय ठाउँमा कालोपत्रे हुन सकेको छैन । सडक निर्माण भए पनि जोखिमपूर्ण यात्रा गर्न विवश भएको बौदीकाली गाउँपालिका–३ का सवारीचालक डिल्ली रानामगरले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)