सुनसान लाङटाङमा भोक र रोगको त्रास
annapurnapost.com · Tue Sep 01 03:04:01 GMT 2026

नुवाकोट : लाङटाङका बासिन्दाले जिल्ला सदरमुकाम पुग्नुभन्दा काठमाडौं पुग्नु सहज मान्छन्। स्याफ्रुबेँसीबाट दुई–तीन दिनको पैदल यात्रा गरेर पुगिने यो बस्तीका बासिन्दाको एकमात्र यातायात भनेकै हेलिकप्टर हो।
गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङमा १ सय १६ घरधुरी छन् भने जम्मा ५ सय जनसंख्या रहेको छ। नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको लाङटाङमा यतिबेला पर्यटकका लागि बस्ने होटल नपाएर हैरान हुनुपथ्र्यो भने पर्यटन र होटल व्यवसायलाई मुख्य पेसा बनाएका यहाँका बासिन्दालाई यो समय पाहुनाको स्वागत गर्न भ्याइनभ्याइ हुनुपर्ने हो। तर, अहिले लाङटाङ सुनसान छ, शोकमा डुबेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)