सडक अवरुद्ध उपभोग्य सामग्री अभाव
gorkhapatraonline.com · Tue Sep 01 03:19:41 GMT 2026

जाजरकोटमा ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । जाजरकोटका धेरै जसो ग्रामीण सडक असार महिनादेखि नै अवरुद्ध हुँदा यस्तो समस्या देखिन थालेको हो ।
लामो समयदेखि लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएका कारण कुसे गाउँपालिका र बारेकोट गाउँपालिका जाने यातायातका साधन गन्तव्यमा पुग्न पाएका छैनन् । ट्याक्टर तथा ट्रकको माध्यमबाट सामान ढुवानी हुने पालिकामा हाल ढुवानी हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)