प्रधानमन्त्री बालेन ‘निष्क्रिय’ बन्दा रविले नै बोलाए सर्वदलीय बैठक
himalpress.com · Tue Sep 01 03:23:23 GMT 2026

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सर्वदलीय बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आज दिउँसो २ बजेलाई डाकिएको छ। बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्वार, राहत र पुनस्थापनाबारे छलफल हुने छ।
सामान्यतयाः सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउने प्रचलन छ। यसपटक भने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ निष्क्रिय बन्दा रास्वपा सभापति लामिछानेले सक्रियता जनाइरहेका छन्। उनले यसअघि पनि भोटेकोशी बाढीको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)