प्रभावकारी राहतको मूल आधार : एकैसाथ तीनै तहका सरकार
onlinekhabar.com · Tue Sep 01 03:46:56 GMT 2026

नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा क्रूर र हृदयविदारक विपत्तिको सामना गर्नुपर्यो। यो पटकको बाढीपहिरो यति भयावह र तीव्र रह्यो कि त्यसको रफ्तार, आयतन र सीमाको बारेमा कसैले कुनै अनुमान समेत लगाउन सकेन। त्यसैले यो अकल्पनीय रह्यो।
बाढी आउँदैछ भन्ने सूचना पाएपछि उत्तरगया गाउँपालिकामा करिब आधा दर्जन प्रहरीहरू नागरिकहरूलाई सतर्कताका लागि माइकिङ गर्दै थिए। उनीहरूको सूचना सुनेपछि डाँडातिर भागेर धेरैले ज्यान पनि बचाए। तर विडम्बना, उनीहरूले आफ्नै ज्यान बचाउन भने सकेनन्। स्वयं उनीहरूलाई निमेषभरमै बाढीले सोहोरेर लग्यो। यस दृष्टान्तबाट पनि थाहा हुन्छ, यसको प्रवाह कसैको कल्पना र अनुमानभन्दा बिल्कुल बाहिर थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)