विपद् सामना गर्न सक्ने गरी विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री
ratopati.com · Tue Sep 01 03:58:42 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गौतमले पछिल्लो समय मुलुकले बेहोरेका श्रृङ्खलाबद्ध विनाशकारी विपद्हरूलाई स्मरण गर्दै उनले अबको विकास र पूर्वाधार निर्माणमा नयाँ सोच आवश्यक रहेको लेखेकी हुन् ।
पछिल्लो १२–१३ वर्षयता नेपालले जुरेको पहिरो, २०७२ को महाभूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, जाजरकोट भूकम्प, थामेको गेग्रान बहाव र हालै रसुवामा आएको विनाशकारी बाढीजस्ता ठूला विपद्हरू बेहोर्नुपरेको मन्त्री गौतमले बताइन् । यी विपद्का कारण वर्षौँ लगाएर र ऋण खोजेर बनाएका पूर्वाधारहरू केही घण्टामै ध्वस्त हुने गरेको र समाज पटक–पटक शून्यबाट सुरु गर्न बाध्य भएको उनले उल्लेख गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)