हामी भन्छौँ– यो नेपाल हो, उनीहरू भन्छन्– नागरिकता देखाऊ
shilapatra.com · Tue Jun 30 14:31:53 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले नेपालले भारतको सीमा मिचेको चर्चा गरेसँगै फेरि पनि नेपालको दक्षिणी सीमा नवलपरासीको सुस्ता चर्चामा आएको छ । नेपाल र भारतका सीमाको विवाद मिल्न बाँकी क्षेत्रहरूमध्ये कालापानी, लिपुलेक, लिम्पियाधुरासँगै सबैभन्दा बढी चर्चामा आउने क्षेत्र सुस्ता हो । सोही क्षेत्रका सुस्तावासी अहिले काठमाडौंको सडकमा आएका छन् ।
सुस्ता क्षेत्रका स्थानीय बासिन्दाले सीमा विवाद, नागरिकता र लालपुर्जाको समस्याका कारण दशकौँदेखि असुरक्षित जीवन बिताइरहेका छन् । आफ्नै भूमिमा खेतीपाती गर्दा पनि भारतीय पक्षबाट बारम्बार अवरोध, धम्की र हस्तक्षेप झेल्दै आएका उनीहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)