गेगरले उकासिँदै सप्तकोशी
gorkhapatraonline.com · Tue Sep 01 04:00:48 GMT 2026

सप्तकोशी नदीमा बाढीसँगै बगेर आउने बालुवा, गेगर, माटो र लेदोको उचित व्यवस्थापन हुन नसक्दा नदीको सतह उकासिँदै गएको छ । नदीको बहाब क्षेत्र गेग्य्रानले पुरिँदै जाँदा सामान्य बाढीमा समेत पानी तटबन्धको छेउसम्म पुग्ने गरेको छ ।
वर्षामा पहाडी तथा हिमाली क्षेत्रमा हुने भूक्षयका कारण ठुलो परिमाणमा बालुवा, गेगर र लेदो कोशीमा बगेर आउने गरेको छ । चतरा क्षेत्रमा पहाडी खोच पार गरेपछि समथर भूभागमा फैलिने नदीमा पानीसँगै आएको गेग्य्रान थुप्रिँदै जाँदा नदीको प्राकृतिक बहाब क्षेत्र पुरिँदै गएको स्थानीय हरिन्द्र राईले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)