अमेरिकी हिरासतबाट पूर्वराष्ट्रपति निकोलस मादुरोको पहिलो तस्बिर सार्वजनिक
barnanmedia.com · Tue Sep 01 03:58:06 GMT 2026

काठमाडौं। भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले आफू अमेरिकाको हिरासत केन्द्रमा रहेको देखिने दुईवटा तस्बिर सार्वजनिक गरेका छन्। गत जनवरीमा अपहरण गरेर अमेरिका लगिएपछि हिरासतमा रहेका मादुरोले पहिलोपटक आफ्नो तस्बिर सार्वजनिक गरेका हुन्।
अमेरिकी विशेष बलले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका लगेको थियो। उनीहरूलाई न्यूयोर्कको ब्रुकलिनस्थित एक हिरासत केन्द्रमा राखिएको छ। उनीहरूमाथि लागुऔषध तस्करी र हतियार राखेको आरोपमा मुद्दा चलिरहेको छ। दुवैले ती आरोप अस्वीकार गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)