चोरीको मोटरसाइकलसहित भारतमा दुई नेपाली युवक पक्राउ
ratopati.com · Fri Aug 14 03:52:44 GMT 2026

रौतहट । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्।
रामगढवा थाना क्षेत्रअन्तर्गत नारीरगिर चौकमा प्रहरीले सघन सवारी जाँच गर्ने क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको चेचिस नम्बर र रजिस्ट्रेसन नम्बर फरक–फरक रहेको पाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)