राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
ratopati.com · Tue Jun 09 04:56:33 GMT 2026

काठमाडौँ । राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा २०८२ चैत १ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको थियो । अधिकारीले उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको आयोगको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)