थोरै चनाखो हुँदा जोगियो ज्यान
gorkhapatraonline.com · Tue Sep 01 04:14:12 GMT 2026

भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनुभएका पाल्पा निस्दी झिरुबासका बोमबहादुर सोमै सुरक्षित रूपमा घर फर्कनुभएको छ । चार दिनदेखि सम्पर्कविहीन हुनुभएका सोमै रसुवा–काठमाठौँ हुँदै सोमबार पाल्पास्थित घरमा फर्कनुभएको हो ।
रसुवाको वेत्रावती बजारको एक पसलमा काम गर्नुहुने सोमै सकुशल घरमा आइपुग्नुभएको हो । उहाँले ठुलो बाढी आएर भागेर ज्यान जोगाउने तयारी भएका कारण आफू सकुशल घर फर्कन पाएको बताउनुभयो । उहाँले कल्पना गरेको भन्दा ठुलो बाढीले वेत्रावती बजारको काम गर्ने पसलसहित वरपरका सबै घर क्षणभरमै बगरमा बदलेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)