महाशाखाले भन्यो- भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहे पनि सर्तकर्ता अपनाउनु
nepalviews.com · Tue Sep 01 04:13:30 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले यही भदौ १० गते भोटेकोशी मा आएको बाढीपश्चात ती नदीमा पानीको बहाव तल रहेतापनि सतर्कता अपाउन भनेको हो ।
बाढी पूवार्नुमान महाशाखाद्वारा मंगलबार जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)