विद्यालय समायोजन अभियान
gorkhapatraonline.com · Fri Jun 26 03:49:54 GMT 2026

सामुदायिक विद्यालयमा विद्यार्थी छैनन् तर शिक्षक र सुविधा भने सरकारले उपलब्ध गराएको छ । विद्यार्थी नहुँदासमेत विद्यालय गाभ्ने र सहज ढङ्गबाट शिक्षा दिन पालिकाले भरपर्दो नीति बनाउन नसक्दा पूर्वी नवलपरासीका धेरै सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् ।
पूर्वी नवलपरासीमा रहेका आठ पालिका विशेष गरी बौदीकाली र बुलिङटारमा रहेका झन्डै ८० सामुदायिक विद्यालयमध्ये आधामा विद्यार्थीको सङ्ख्या शिक्षकको भन्दा पनि कम छ । पालिकाले न त ती विद्यालय गाभ्ने योजना ल्याउन सकेको छ न त शिक्षकलाई विद्यार्थी धेरै हुने विद्यालयमा सरुवा नै गर्न सकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)