धादिङको सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
onlinekhabar.com · Fri Jul 01 12:08:35 GMT 2022
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ । योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ ।
नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)