विद्युत् प्राधिकरणमा ५० हजार नयाँ मिटर आइपुग्यो
baahrakhari.com · Tue Jun 30 14:47:43 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर प्रतिस्थापनलाई सहज बनाउन ५० हजार वटा विद्युत् मिटर प्राप्त भइसकेको जनाएको छ । प्राधिकरणका अनुसार, प्राप्त सबै मिटर देशका सातै प्रदेशमा पठाइसकिएको छ ।
नयाँ विद्युत् मिटर आवश्यक पर्ने सेवाग्राहीलाई आफू नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)