गण्डकीमा माधव पक्षका सांसद् एमालेमै, नेपालको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण
pahilopost.com · Mon Aug 30 17:09:25 GMT 2021
पोखरा : गण्डकी प्रदेशसभामा माधव कुमार नेपाल पक्षका सांसद्ले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सहभागिता नजनाउने भएका छन्। नेकपा (एमाले)मा रहँदा नेपाल पक्षमा रहेका सांसद् इन्द्रलाल सापकोटाले नेपाललाई साथ नदिने भएका हुन्।
एमालेका २७ प्रदेशसभा सदस्यमा सापकोटा माधव पक्षका एक मात्र सांसद् थिए। सापकोटाको साथ छुटेपछि प्रदेश सभामा एकीकृत समाजवादीका कोही पनि सांसद् हुने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)