रसुवागढी-केरुङ नाका प्रभावित हुँदा कोरला नाकातर्फ बढ्यो चाप
nepalviews.com · Tue Sep 01 04:21:04 GMT 2026

मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चीनको लिची (कोरला) जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)