परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
nepalsamaya.com · Tue Jun 30 14:59:49 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासङ्घका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन्।
आज मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ। साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)