पोखरा बसपार्कमा ११६ जना अव्यवस्थित बसोबासी, सार्वजनिक भयो विवरण
ratopati.com · Fri Aug 14 07:10:47 GMT 2026

पोखरा । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरेकामध्ये ११६ जनामात्रै अव्यवस्थित बसोबासी भएको पुष्टि भएको छ । पोखरा महानगरपालिकाले वडा नम्बर ९ को बसपार्क क्षेत्रमा ११६ जना अव्यवस्थित बसोबासी रहेको भन्दै नामावली सार्वजनिक गरेको हो ।
नामावली सार्वजनिक गर्दै महानगरले त्रुटि भए संशोधनका लागि १ साताभित्र निवेदन दिन भनेको छ । उक्त क्षेत्रमा कम्तीमा १० वर्षदेखि बसोबास गर्दै आएका र कुनै सरकारी आवास सुविधा नपाएका व्यक्तिहरूले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)