१५ बर्षको लागि १० अर्व आन्तिरिक ऋण उठाउदै सरकार
arthasansar.com

सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ ।
ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले जेठ २७ गते अपरान्ह ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । २७ गते बोलकबाले हुने उक्त ऋणपत्र जेठ २८ बिहीबार निष्कासन हुनेछ । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)