वन डढेलो र प्रकृतिमा आधारित समाधान
nepalnews.com · Fri Aug 14 08:15:15 GMT 2026

मानव सभ्यताले अहिले जलवायु परिवर्तन, विश्वव्यापी उष्णीकरण, वन विनाश, जैविक विविधताको ह्रास, पानीका स्रोत सुक्दै जानु, भूक्षय, डढेलो जस्ता जटिल तर आपसमा अन्तरसम्बन्धित समस्या सामना गरिरहेको छ। प्राकृतिक वा मानवीय कारणले माटो, वनस्पति, जलस्रोत तथा जैविक उत्पादनशीलताको गुणस्तर र क्षमता समेत घट्दै गएको छ। यी चुनौती कुनै एक देश वा क्षेत्रमा सीमित नभएर विश्वव्यापी संकटका रूपमा देखा परेका छन्। यस्ता समस्याको दिगो, कम खर्चिलो र बहुआयामिक फाइदा दिने समाधान खोज्ने क्रममै ‘प्रकृतिमा आधारित समाधान’ (नेचर बेस्ड सोलुसन– एनबीएस)को अवधारणा विकसित भएको हो।
पूर्वीय सभ्यतामा ‘धर्मो रक्षति रक्षितः’ भनिन्छ। अर्थात्, धर्मको रक्षा गरेमा त्यसले धर्मको रक्षकलाई पनि रक्षा गर्छ। प्रकृतिले माटो, पानी, वायु, भिरालोपन, विविध प्रकारका वनस्पति, सूर्यको प्रकाश र ताप सबैलाई उपलब्ध गराएको छ। यिनै कुराको उचित विन्यास र व्यवस्था गर्दै प्रकृतिमा देखिएका समस्याको समाधान गर्ने विधि नै एनबीएस हो। पारिस्थितिकीय प्रणालीमा प्रकृतिसिर्जित समस्या प्रकृति आफैँले वा पृथ्वीले पनि समाधान गर्छ तर यसले लामो समय लिने गर्छ र प्रकृति नयाँ किसिमले परिवर्तित हुने चुनौतीसमेत रहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)