‘इन्टरनेट र टेलिफोन सेवा कमजोर भएको गुनासो सम्बोधन गर, परिणाम देखिने काम चाहियो’
techpana.com · Fri Aug 14 09:50:57 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उनले टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकाले सेवा विस्तार र गुणस्तरमा परिणाममुखी काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)