सिरहामा स्कुल बसले किच्दा सहचालक र पाँच वर्षीया बालिकाको मृत्यु
baahrakhari.com · Tue Jun 30 15:21:09 GMT 2026

काठमाडौं । सिरहामा स्कुल बसले किच्दा उक्त बसका सहचालक र पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका-२ मा बुधबार अपराह्न करिब ४:१५ बजे उक्त दुर्घटना भएको हो । विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेसन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा उक्त दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)