९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप
barnanmedia.com · Tue Jun 30 15:17:39 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिव ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)