अमेरिकामा बाढीको कहर : एक मृतकको पहिचान, बेपत्ताको खोजी हुँदै
nagariknews.nagariknetwork.com · Tue Sep 01 04:46:50 GMT 2026

अमेरिकाको एरिजोनास्थित ग्रान्ड क्यान्यनमा अचानक आएको भीषण बाढीमा परी दुई जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार एक जना अझै बेपत्ता छन्। बाढीपछि ८२ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। गत साता भारी वर्षापछि आएको बाढीले ग्रान्ड क्यान्यनका पदमार्ग, फुटब्रिज र पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्याएको छ। दुर्गम क्षेत्रमा फसेका पदयात्रीको खोजी तथा उद्धार कार्य जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)