मस्जिदमा भएको गोलीबारीको घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग
ratopati.com · Tue Sep 01 04:59:00 GMT 2026

क्यालिफोर्निया । मे महिनामा क्यालिफोर्नियाको सान डिएगोस्थित मस्जिदमा तीन जनाको मृत्यु हुने गरी भएको गोलीबारीको घटनामा घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग दर्ता गरिएको छ । उत्तर क्यारोलिनाको ग्रान्ड जुरीले सोमबार घटनामा सहयोग गरेको आरोपमा सारा लिन्डसे सान्टियागोविरुद्ध हत्याको तीनवटा र आपराधिक षड्यन्त्र रचेको एउटा अभियोग लगाइएको हो । सान्टियागोलाई गत साता पक्राउ गरिएको थियो ।
अधिकारीहरूका अनुसार सान्टियागोले आक्रमणको प्रत्यक्ष प्रसारण रेकर्ड गरी सार्वजनिक रूपमा फैलाउन सहयोग गरेकी थिइन् । आक्रमणअघि नै उनले घटनाको लाइभ प्रसारण गर्ने, त्यसको रेकर्डिङ सार्वजनिक गर्ने र आक्रमणकारीहरूले तयार पारेको घोषणापत्र सार्वजनिक गर्ने सहमति जनाएको अभियोजन पक्षको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)