कन्दराको एटलान्टा कन्सर्टबाट बाढीपीडितलाई २१ लाख सहयोग
baahrakhari.com · Tue Sep 01 04:57:08 GMT 2026

काठमाडौं । कन्दरा ब्यान्डले कन्सर्टमार्फत भोटेकोसी बाढीपीडितका २१ लाख नेपाली रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । कन्दराको आह्वान र अग्रसरतामा बीएनएमको आयोजना तथा एटलान्टा, अमेरिकामा रहेका नेपाली दर्शक, संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा रकम संकलन गरिएको हो ।
एटलान्टास्थित नाफारहित संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको कन्दराले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)