भोटेकोशी बाढीमा सम्पर्कविहीन भन्सार अधिकृत शर्माको शव फेला
gorkhapatraonline.com · Tue Sep 01 05:02:31 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत शर्मा भदौ १० गते बुधबार बिहान बाढी आएदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टि भएपछि आफन्तले बुझेका छन् । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले प्रादेशिक अस्पताल गोरखामा राखिएको शव ताँजाकोट गाउँपालिका–२, कट्टेलगाउँ निवासी नरप्रसाद शर्माका छोरा नवकुल शर्माको भएको पुष्टि गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)