सिद्धबाबा सुरुङमार्ग निर्माणलाई तीव्रता दिन पूर्वाधारमन्त्री लम्सालकाे निर्देशन
shilapatra.com · Sat May 16 10:53:00 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा यसक्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका हुन् ।
मन्त्री लम्सालले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । निर्माणका समयमा कुनै समस्या देखिए तत्काल मन्त्रालयमा जानकारी गराउन उनले आग्रह गरे । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनका निम्ति पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)