चोरी आरोपमा एक पक्राउ
gorkhapatraonline.com · Fri Jun 26 03:52:59 GMT 2026

मकवानपुर प्रहरीले हेटौँडामा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका–१५ फारलाइन बस्ने २५ वर्षीय मनोज पुलामी मगर रहेका छन् । प्रहरीले पक्राउ परेका मगरको कोठामा खानतलासी गर्दा चोरी भएका सुन, चाँदीका सिक्का, नगद तथा अन्य गरगहना बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार दिउँसो हेटौँडा उपमहानगरपालिका–७ क्याम्पडाँडा नजिक सनगुड कोलोनीस्थित कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा घरको पूर्वतर्फको ढोका फुटाएर चोरी गरिएको थियो । घटनामा एक तोला सुन, २५ दशमलव ५ तोला चाँदी (१५ वटा सिक्का) तथा चार लाख रुपियाँ नगद चोरी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)