पालिकाको प्राथमिकता शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास
gorkhapatraonline.com · Fri Jun 26 03:55:34 GMT 2026

गण्डकी प्रदेशका विभिन्न पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएका छन । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, सामाजिक क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको छ ।
का अनुसार पोखरा महानगरसहित चार वटै गाउँपालिकाले आगामी वर्षका लागि बजेट विनियोजन गरेका छन् । स्थानीय तहको बजेट विनियोजन आआफ्नो क्षेत्रको विकाससँग जोडिएको छ । स्थानीय तहको शिक्षामा सुधार, स्वास्थ्य, कृषि, सामाजिक क्षेत्र र विशेष गरी पूर्वाधार विकासमा बढी जोड दिइएको छ । पोखरा महानगरपालिकाबाहेक गाउँपालिकाको बजेटको आकार हेर्ने हो भने माछापुच्छ«े गाउँपालिकाले सबैभन्दा ठुलो बजेट ल्याएको छ । माछापुच्छ«ेले ७० करोड ४६ लाखको ठुलो आकारको बजेट ल्यायो । अन्नपूर्णले ६५ करोड ५० लाखको बजेट बनाउँदा चालुमा ४८ करोड पाँच लाख र पुँजीगतमा १७ करोड ४४ लाख छुट्याएको छ । मादीले ६५ करोड १२ लाख बजेटमा चालुतर्फ ४६ करोड ९७ लाख र पुँजीगततर्फ १८ करोड १४ लाख छुट्याएको छ । रूपा गाउँपालिकाले ५५ करोड ३८ लाखको बजेट ल्याउँदा चालुमा ४१ करोड ८२ लाख र पुँजीगतमा १३ करोड ५५ लाख विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)