रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
gorkhapatraonline.com · Tue Sep 01 05:24:04 GMT 2026

‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राख्नुभएको थियो । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा हुनुहुन्थ्यो ।
त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमानलाई फोन गर्नुभयो । फोन उठेन । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उहाँहरूबिचको अन्तिम बन्न पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)