प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित
onlinekhabar.com · Tue Sep 01 05:15:39 GMT 2026

१६ भदौ, काठमाडौं । अनिश्चितकालका लागि बैठक स्थगित भएपछि प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित भएको छ । संसदीय क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक सोमबार र आज मंगलबार बस्नुपर्ने थियो । तर प्रतिनिधिसभाको बैठक कहिले बस्छ टुंगो छैन ।
भदौ १० गते संघीय संसद् सचिवालयले सूचना निकालेर प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)