विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक
barnanmedia.com · Tue Sep 01 05:19:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी-पहिरोपछि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका लागि १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो। सोही सङ्कल्पको बुँदा नम्बर १० बमोजिम विपद् व्यवस्थापनलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्न ‘संसदीय समिति’ (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति भएको रास्वपाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)