इतिहासको साक्षी भूगोलपार्क
gorkhapatraonline.com · Tue Sep 01 05:27:23 GMT 2026

न्युरोड सहरलाई काठमाडौँ उपत्यकाको केन्द्र मानिन्छ । किनकि नेपालमा आधुनिक तथा सुविधासम्पन्न सहरको विकास विस्तार यही स्थानबाट भएको विश्वास गरिन्छ । ऐतिहासिक एवं पुरातात्त्विक दरबार हनुमानढोका (वसन्तपुर) पनि न्युरोडमै पर्ने भएकाले तत्कालीन समयमा सत्ता र शक्तिको दृष्टिकोणले पनि न्युरोड महत्वपूर्ण थियो भनिन्छ ।
पहिलो छापाखाना गोरखापत्रदेखि पहिलो बैङ्क नेपाल बैङ्क, जनसेवा सिनेमा घर (हाल विशाल बजार), जुद्ध बारुणयन्त्र, भूगोलपार्क आदि न्युरोडवरपरका चर्चित संरचना हुन् । यी प्रायः राणा शासनकालमा बनेका हुन् । यिनैमध्येको एक संरचना हो भूगोलपार्क । भूगोलपार्क सडकछेउमै रहेको सानो उद्यान हो । यहाँ भूगोलपार्क जस्तो अर्को पार्क छैन । बाक्लो बस्तीका बिचमा रहेको भूगोलपार्क निर्माणको कथा विसं १९९० को महाविनाशकारी महाभूकम्पसँग जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)