भोटेकोसी चोट : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन
baahrakhari.com · Tue Sep 01 05:30:15 GMT 2026

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार (भदौ १५) बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ (विभिन्न मानव अंगसहित) शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)