कालीगण्डकीमा बेवारिसे शव फेला
ratopati.com · Tue Jun 30 16:20:56 GMT 2026

पर्वत। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव फेला परेको छ।
नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण हेडक्वाटर पर्वतबाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ । उक्त शव गए रातिदेखि म्याग्दी सदरमुकाम बेनीघाट बेपत्ता बनेका बेनी नगरपालिका–४ सिंगा बस्ने ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)