र्यापर बादशाह र ईशा रिखीले गरे सम्बन्धविच्छेद
ratopati.com · Tue Sep 01 05:47:11 GMT 2026

नयाँ दिल्ली । बिहे गरेको ५ महिनामै भारतीय र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखी अलग भएका छन् । सोमबार रात दुबैले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोस्ट सेयर गर्दै सम्बन्धविच्छेदको पुष्टि गरेका हुन् ।
आफ्नो पोस्टमा बादशाहले यो निर्णय आपसी सहमतिमा गरिएको बताएका छन् । यस समयमा आफ्नो गोपनीयताको सम्मान गर्न र अड्कलबाजी नगर्न उनले फ्यान र मिडियालाई अनुरोध गरेका छन् । विगत केही हप्तादेखि उनीहरूको सम्बन्धमा दरार आएको रिपोर्ट आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)