भक्तपुरको जीवित सङ्ग्रहालय : आठ रात नौ दिन बिना शुल्क हेर्न पाइने
nagariknews.nagariknetwork.com · Tue Sep 01 05:51:37 GMT 2026

इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ भन्छन् भक्तपुर खुल्ला आकाशमुनिको सङ्ग्रहालय हो। कसैले जीवित सङ्ग्रहालय भन्छन् भने कसैले जीवित किताब भक्तपुरलाई। यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर भन्थे।
जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो। रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने गर्ने ठाउँ पनि हो यो। कतिलाई यो कुरा थाहा नहुन सक्छ तर भक्तपुरमा हरेक वर्ष गुन्हिपुुन्ही (जनैपूर्णिमा) को आठ रात नौ दिन यो सबै विषयवस्तु हेर्न सकिन्छ, त्यो पनि बिना शुल्क।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)