गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
gorkhapatraonline.com · Tue Sep 01 05:57:53 GMT 2026

गण्डकी प्रदेश सभाको १० औं अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नु भएको हो ।
गएको जेठ ११ गते सुरु भएको अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट, सालबसाली विधेयक र अरु दुई विधेयक पारित भएका छन् । यो अधिवेशनबाट औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक पारित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)