बालेन्द्र नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्दै, आजै सपथ ग्रहण
nagariknews.nagariknetwork.com · Tue Jun 09 06:38:33 GMT 2026
बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्। उनलाई गृहमन्त्रीमा नियुक्त गरेर आजै सपथ ग्रहण गराइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सरकारले गुरुङको छानबिन समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गुरुङमाथि गठन भएको समितिको प्रतिवेदन अध्ययन गरेर अगाडिको प्रक्रियामा बढ्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)