रास्वपाले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेता सहभागी हुने, को–को जाँदैछन् ?
ratopati.com · Tue Sep 01 06:05:16 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफल गर्न रास्वपाले दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएको छ ।
दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सभापति रवि लामिछाने सहभागी नहुने प्रवक्ता जगदीश खरेलले जानकारी दिए । भदौ १० गते सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । बैठकको नेतृत्व महामन्त्री विपिन कुमार आचार्यले गर्नेछन् । रास्वपाबाट प्रवक्ता खरेल पनि सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)