बाह्रवनमा अनुमति भन्दा ८ गुणा बढी रुख कटान
rajdhanidaily.com · Fri Jun 26 04:00:20 GMT 2026
धनगढी । कैलालीस्थित बाह्रवन साझेदारी वनमा तोकिएको मापदण्डभन्दा अत्यधिक रुख कटान भएको तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले काठ कटान तथा बिक्री–वितरणका सबै गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।
वार्षिक रूपमा २२ हजार क्युफिट काठ मात्रै कटान गर्न पाउने अनुमति रहेको बाह्रवनमा एकै वर्षमा एक लाख ८५ हजार क्युफिट काठ काटिएको पाइएको हो । बाह्रवनबाट साल, खयरलगायतका बहुमूल्य रुख कटान गरिएको संसदीय छानबिन समितिले जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)